८ वैशाख २०८१ शनिबार
समाज

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा – सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन्। उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

ठक्कर दिने बस जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App