१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिग फुटबल : लिभरपुल दोस्रो स्थानमा उक्लियो

लिभरपुल – इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाइ ४–१ ले पराजित गर्यो।  

लिभरपुलको जितमा खेलको २९ औं मिनेटमा इम्रे क्यान, ५१ औं मिनेटमा मोहम्मद सलाह, ५७ औं मिनेटमा रोबर्टो फिरमिनो र ७७ औं मिनेटमा साडियो मानेले गोल गरे। पराजित टोलीका लागि ५९ औं मिनेटमा मिचाइल एन्टोनीयोले एक गोल फर्काएका थिए।

जितसँगै लिभरपुल म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै लिगकाे दोस्रो स्थानमा उक्लिएकाे हाे। यद्यपी युनाइटेडले लिभरपुल भन्दा एक खेल कम खेलेको छ। लिभरपुलको २८ खेलबाट ५७ र युनाइटेडको २७ खेलबाट ५६ अंक छ।

लिग अन्तर्गत रातिनै भएका अन्य खेलमा ब्राईटनले स्वान्सी सिटीलाई ४–१, वाटफोर्डले एभर्टनलाई १–० र हडसल्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई २–१ ले स्तब्ध पारेका छन्। त्यस्तै लेष्टर सिटी र स्टोक सिटी तथा बर्नले र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दा बर्नमाउथ र न्यूकासल युनाईटेड २–२ गोलको बराबरीमा रोकिएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App