८ वैशाख २०८१ शनिबार
समाज

पूर्व कमाण्डरको माछा पसल

जाजरकोट-  खलंगामा माछा पसल त धेरै छन्। तर एउटा माछा पसल अली विशेष छ। त्यो किन भने त्यसका साहुजी पूर्व कमाण्डर हुन्। अर्थात तत्कालिन माओवादी सेनाका कमाण्डर इन्द्रप्रसाद शर्मा उर्फ प्रशान्त।   तत्कालीन नेकपा माओवादीले  संञ्चालन गरेको  'जनयुद्ध'मा माओवादी सेनाको  व्रिगेड कमान्डरको भुमिका निर्भाहगरि ६१ भन्दा वढी लडाइ लडेका शर्माले अहिले खलंगामा माछाको व्यापार गरिरहेका छन्। २१ वर्ष अघि  माओवादीको  पूर्णकालीन कार्यकर्ता भएका शर्मा २०५८ देखि ६३ सम्म माओवादी सेनाको  व्रिगेड कमाण्डर थिए।

  नयाँ शक्ति नेपाल पार्टीको जिल्ला संयोजक  समेत रहेका शर्मा अहिले  पार्टीको संगठन विस्तार तथा अन्य गतिविधिसंगै माछाको व्यापारमा  सक्रिय छन् । पार्टीको निती अनुसार  व्यावसायमा लागेको बताउने शर्माले आफनो व्यक्तिगत खर्चका लागि दुइ चार पैसा आम्दानी  गर्न  माछा व्यावसाय सुरु गरेको बताए।

   पार्टीले कार्यकर्तालाइ आत्मनिर्भर हुनै पर्ने निती अघि सारेपछि आफुपनि व्यावसायमा लागेको   शर्मा बताउँछन्।  राजनीती गर्दा  आफनो दैनिक जीवनको खर्च  आफनै कमाइको नभए गलत कामतिर लाग्न सकिने भएकाले आफुले माछाको व्यापार सुरु गरेको बताए।

   उनी मात्र होइन उनको माछा व्यावसायमा अहिले ४६ वढी माओवादी कार्यकर्ताहरु सक्रियताका साथ लागेका छन् । जाजरकोटवाट रुकुम डोल्पा र जाजरकोटकै विभिन्न ठाउँमा माछा आपुर्ति गर्नका लागि आवस्यक पर्ने सवै जनशक्ति माओवादीका कार्यकर्ताहरु रहेका छन् ।  राजनीती गर्नेहरुको शुद्ध कमाइ भएन भने उनीहरुमा भ्रष्टाचार, घुसखोरी र अन्य गलत श्रोतवाट पैसा कमाउने नियत जाग्ने भएकोले दुखको कमाइले दैनिक खर्च चलाउन आफुले  व्यावसाय सुरु गरेको शर्माले  बताए।

उनले  विगतमा देश र जनताका लागि  लडेका र मरेका कार्यकर्ताहरुको लागि माओवादीले केहि गर्न नसकेको  आरोप लगाए।

    पटक पटक सत्तामा गएर पनि पार्टी र देशका लागि मर्नेहरु र लड्नेहरुका लागि कुनै सहयोग पार्टीले गर्न नसकेकोले आज धेरै कार्यकर्ताहरु कोहि विदेशमा कोहि स्वदेशमै दुखको जीवन जिउन वाध्य भएको उनको भनाई छ। स्वच्छिक अवकाशमा बाहिर आएका पूर्व जनसेना मध्ये आधा भन्दा बढी विदेशमा गएको उनले बताए । विदेश र स्वदेश दुवै ठाउँमा रहेकाहरु मध्य धेरैको अवस्था  कष्टपूर्ण रहेको उनको भनाइ छ।

    हिजो पार्टीका लागि लड्ने बेला धेरै आसा र लोभ देखाइयो तर समायोजनमा अयोग्य भएका र स्वेच्छिक अवकास रोजेकाहरुलाइ  व्यवस्थापन गर्न पार्टीले  कुनै योजना  नवनाएको  उनले बताए।

प्रकाशित: १ भाद्र २०७३ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App