coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवा निर्विकल्प : निधि

बैतडी– कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधिले शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनीत गर्न गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । प्रेस युनियन बैतडीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीनजना सांसद मनोनीत गर्ने जिम्मेवारी  पनि सोही सरकारको मात्र भएको बताए । संविधानअनुसार यो सरकारले सांसद मनोनित गर्न नसक्ने भन्दै उनले यस विषयमा सर्वोच्च अदालतमा रिट परेको बताए ।

कांगे्रसकै नेतृत्वमा शान्ति सम्झौता, संविधान जारी र तीनवटै तहको निर्वाचन सम्पन्न हुनु देश संघीयतामा जानु महत्वपूर्ण उपलब्धि भएको भन्दै उनले भने, ‘पार्टीले घाटा  बेहोरे पनि यी उपलब्धि संस्थागत गर्न सफलभएको छ ।’
समानुपातिकमा सम्मानजनक स्थानमा कांग्रेस आए पनि प्रत्यक्षमा हार बेहर्नु निर्वाचनमा समय दिन नसक्नु रहेको उल्लेख गर्दै पार्टीले स्थानीय तहदेखि नै समिक्षा गर्न थालेको जानकारी दिए । केही समयमै केन्द्रमा पनि पार्टीले हार्नुको कारणबारे समिक्षा गरिने बताए ।

कांग्रेसको सांसदीय दलको नेतामा देउवाको विकल्प नभएको भन्दै देउवा नै सांसदीय दलको नेता हुने पूर्वमहामन्त्री निधिको भनाइ छ । नेपाली कांगे्रस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको आयोजना र कांग्रेस बैतडी जिल्ला कार्य समितिको समन्वयमा बैतडीको पाटनमा दुई दिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको मुख्य वक्ताका रूपमा बैतडी पुगेका निधिले जिल्लाका नेता कार्यकर्तालाई पाँच वर्षपछि हुने निर्वाचनको तयारीमा अहिलेदेखि नै लाग्न आग्रहसमेत गरेका छन्।

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App