४ वैशाख २०८१ मंगलबार
कला

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

काठमाडौँ – भारतीय चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण निधन भएको हो । 

हिम्मतवाला, सदमा, नगीना, कर्मा, मिस्टर इंडिया, चाँदनी, निगाहें जस्ता सुपरहिट चलचित्रकी अभिनेत्री श्रीदेवीको निधनले बलिउड शोकमा डुबेको छ। 

१९६३ अगस्ट १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षको उमेरदेखि नै बालकलाकारको रुपमा आफ्नो करियरको शुरु गरेकी थिइन्। 

८० को दशककी सर्वाधिक हिट हिरोइन श्रीदेवीले तीन सय चलचित्रमा अभिनय गरेकी छिन् ।

श्रीदेवीको निधनप्रति भारतीय कलाकारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन् । 

प्रकाशित: १३ फाल्गुन २०७४ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App