७ वैशाख २०८१ शुक्रबार
राजनीति

शहीद घोषणाको मापदण्ड बनाइने

काठमाडौं – शहीद ऋषिराज देवकोटाको ३७ औँ स्मृति दिवस शनिबार मनाइएको छ। 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै पार्टीका काठमाडौं–सिन्धुली सम्पर्क मञ्चले  संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले शहीद देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

कार्यक्रममा एमाले महासचिव पोखरेलले शहीदकै योगदानले नै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको चर्चा गदै अबको सरकारले शहीदको सम्मान गर्ने बताए। उनले शहीदको मापदण्ड नहुँदा जो सुकै पनि शहीद हुने गरेको भन्दै अबको सरकारले शहीदको बारेमा मापदण्ड बनाउने जानकारी गराए। 

माओवादी केन्द्रका नेता गजुरेलले वास्तविक शहीदको सम्मान हुन नसकेको बताए। कार्यक्रममा शहीद देवकोटाका धर्मपत्नी गोमालाई सम्मान गरिएको थियो। 

विसं २०३६ साल फागुन १२ गते देवकोटा भूमिगत अवस्थामा रहेको बेला पक्राउ गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७४ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App