हेवा ‘ए’ परीक्षण चरणमा, राष्ट्रिय प्रशारणमा १० मेघावाट विद्युत थप हुने

बुधबार, ०१ भदौ २०७३, १५ : ०० गिरिराज बाँस्कोटा

पाँचथर– १५ मेघावटको हेवा ‘ए’ जलविद्युत आयोजनाको काम अन्तिम चरण पुगेको छ। आयोजनाका निर्माण तथा मेसिनरी जडानको काम सकिएर अन्तिम चरणका खुद्रेकाम भइरहको आयोजनाले जनाएको छ।

भदौ–१५ गतेदेखि ड्राई परिक्षण गर्ने गरी तयारी गरिएको आयोजना प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिए। उनका अनुसार पूर्वाधारका सबै काम सकिएर फिनिसिङको काम भइरहेको छ। रंग रोकन, घेरा बारा बनाउने लगायतका काममात्र बाँकी रहेको ढुंगानाले जानकारी दिए। असोज–१ गतेदेखि व्यवसायिक उत्पादन थाल्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ।

सुरुङमार्ग, हेडबक्स, पावर हाउस, सव–स्टेशनलगायतको काम सकिएको छ। निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको निर्माण क्षेत्रमा चहल पहल घट्दै गएको छ। जिल्लाको  नागिन, याङनाम  र भारपा गाविसको संगम स्थल  पारेर आयोजना निर्माण भएको थियो। भूकम्प, नाकाबन्दी, विभिन्न समयमा स्थानीयले गरेको अवरोधका कारण केही ढिलो आयोजनाको काम सकिन लागेको हो।

पाँचथर पावर कम्पनीले प्रवद्र्धन गरेको उक्त आयोजनाको विद्युत् इलाम–फिदिम ३३ केविए विद्युत् प्रसारण लाइनबाट केन्द्रीय प्रसारणमा जडान हुनेछ। १३२ केविए  विद्युत् प्रशारण ‘कावेली कोरिडर’को काम नसकिएकाले सबै विद्युत् केन्द्रीय प्रसारणमा नजोडिने भएको छ। कावेली कोरिडर समयमा  नबन्दा १० मेघावटमात्र विद्युत केन्द्रीय प्रसारणमा जोडिने ढुंगानाले बताए। ५ मेघावट विद्युत खेर जाने अवस्था रहेको उनले बताए।

उनका अनुसार २ अर्ब ५० करोडको लागतमा आयोजनाको काम सक्न लागिएको हो। यस अघि २ अर्ब २४ करोडमा सक्ने योजना थियो। यो आयोजना सस्तो लागत र छिटो समयमा काम सकिएको उनले बताए। नेपालमै सस्तो लागतमा आयोजनाको काम सकिएको ढुंगानाको भनाइ छ। उनका अनुसार प्रतिमेघावट १६ करोड ७५ लाख लागत लागको छ।

पाँचथर पावर कम्पनीको २५ प्रतिशत र सानिमा बैंकको नेतृत्वमा ११ बैंकले ७५ प्रतिशत ऋण साझेदारी गरेका छन्। इन्टेकबाट ४ हजार एक सय मिटर सुरुङ मार्गबाट पावर हाउसमा पानी खसाइने छ। २०६८ सालमा पिपिए भएको आयोजनाको निर्माणको काम २०६९ चैतदेखि सुरु भएको थियो। अन्य पूर्वाधारका काम भने सो भन्दा अघिदेखि भएको बताइएको छ।

सन् २००२ मा  नेपाल विद्युत् प्राधिकरणले प्रारम्भिक सम्भाव्यता  अध्ययन गरेको थियो। केही  वर्ष अगाडि विद्युत् प्राधिरकणसँग १ करोड १५ लाखमा कम्पनिले खरिद गरेको थियो।  प्राधिकरणको  अध्ययनमा १० मेघावाट उत्पादन  हुने देखिएको भएपनि  विस्तृत अध्ययनमा  ५ मेगावाट उत्पादन क्षमता बढेर १५ मेघावाट पुगेको  छ।

यहाँवाट बार्षिक ८ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्रशारण लाइन नहुँदा ५ करोड युनिटमात्र विद्युत् उत्पादन हुने ढुंगानाले बताए। यसले गर्दा बार्षिक २० लाख घाटा हुने उनको भनाइ छ। यहाँ उत्पादन हुने  विद्युत् थापाटारको सव–स्टेशवाट केन्द्रीय प्रशारणमा जोड्ने योजना छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad