८ वैशाख २०८१ शनिबार
राजनीति

संसदीय दलमा देउवाको विकल्प छैन : नेता निधि

बैतडी – कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन्।

 प्रेस युनियन बैतडीद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देउवा सरकारले मनोनित गरेका राष्ट्रियसभाका तीन जना सांसदलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असबैधानिक कदम भएको बताए। नेता निधिले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीन जना सांसद मनोनित गर्ने जिम्मेवारी  पनि सोही सरकारको मात्रभएको जिकिर गरे। सैविधानतह यो सरकारले सांसद मनोनित गर्न नसक्ने भन्दै यसको लागि सर्वोच्च अदालतमा रिट दिइएको जानकारी दिए।

कांगे्रसकै नेतृत्वमा शान्ति सम्झौता, संविधान जारी र तीन वटै तहको निर्वाचन सम्पन्न हुनु देश संघियतामा जानु महत्वपूर्ण उपलब्धि भएको भन्दै उनले भने, ‘पार्टीले घाटा  बेहोरे पनि यी उपलब्धी संस्थागत गर्न सफलभएको छ ।’

समानुपातिकमा सम्मानजनक स्थानमा कांग्रेस आएपनि प्रत्यक्षमा हार बेहोर्नु निर्वाचनमा समय दिन नसक्नु रहेको उल्लेख गर्दै पार्टीले स्थानीय तहदेखि नै समिक्षा गर्न थालेको जानकारी दिए। केही समयमै केन्द्रमा पनि पार्टीले हार्नुको कारणबारे समिक्षा गरिने बताए।

नेपाली कांगेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजना र कांग्रेस बैतडी जिल्ला कार्यसमितिको समन्वयमा बैतडीको पाटनमा दुई दिने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको मुख्यवक्ताको रुपमा बैतडी पुगेका निधिले जिल्लाका नेताकार्यकर्तालाई पाँचवर्षपछि हुने निर्वाचनको तयारीमा अहिलेदेखि नै लाग्न समेत आग्रह गरेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७४ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App