coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्तिले पार्टीको नाम परिवर्तन गर्ने

काठमाडौं- नयाँ शक्तिले आफ्नो केन्द्रीय कार्यकारी समितिलाई दुई अंकमा झारेको छ। पार्टीको लुम्बिनी विस्तारीत बैठकले कार्यकारी समितिलाई ९९ सदस्यीय बनाएको हो। बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ। संगठनात्मक संरचनालाई वैज्ञानिकपन दिन भन्दै कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन समेत गरेको छ। जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने उल्लेख छ। बैठकले  पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन समेत गरेको छ।

त्यस्तै महाधिवेशन आयोजक समितिको अभिन्न अंगका रुपमा केन्द्रीय कार्यकारी समितिसहित ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरेको नयाँ शक्तिले जनाएको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय पनि लुम्बिनी बैठकले गरेको छ। आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र सोको लागि छलफलबाट उपयुक्त नाम तय गर्ने पनि जनाइएको छ।

दस्तावेज परिमार्जन गर्नका लागि संयोजक डा. बाबुराम भट्टराईको संयोजकत्वमा देवी प्रसाद ओझा, डम्बर खतिवडा, गंगा नारायण श्रेष्ठ र कल्पना धमला रहेको ५ सदस्यीय समिति बनाएको छ।

महाधिवेशन आयोजक समितिको प्रथम बैठकले प्रदेश इन्चार्जहरु निश्चित गरेको छ । जस अन्तर्गत प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्र बहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ । त्यसैगरी केन्द्रीय कार्यालय संयोजकको रुपमा राजु नेपाललाई जिम्मेवारी दिइएको छ र प्रवक्तामा प्रशान्त सिंह कायम रहेका छन्।

 बुद्धको जन्मस्थल अगाडि ५ बुँदे ‘लुम्बिनी संकल्प २०७४’ र त्यसको सामुहिक सपथसँगै संयोजक डा. बाबुराम भट्टराईद्वारा बैठकलाई औपचारिकरुपमा समापन गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७४ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App