coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई आज दिउँसो १२ बजे जंगली हात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताए।  (रासस)

प्रकाशित: १२ फाल्गुन २०७४ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App