८ वैशाख २०८१ शनिबार
खेल

एलए टिम च्याम्पियन

काठमाडौं – आयोजक लिटिल एन्जल्स स्कुल (एलए)ले शुक्रबार १० स्वर्ण, ७ रजत र १४ कांस्य पदक जित्दै दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

नारायन्जनले ६ स्वर्ण, २ रजत र ७ कांस्य पदक सहित दोस्रो स्थान हासिल गर्दा बेसिक लर्निङ स्कुल ३ स्वर्ण, २ रजत र ४ कांस्यसहित तेश्रो भयो। छात्रतर्फ बाल अंकुरका सुमित पाख्रिन तथा छात्रामा एलएकी मार्टिना राई उत्कृष्ट खेलाडी घोषित भए।

छात्रतर्फ एलएका विज्ञात मगरले ४० केजी, आशिष श्रेष्ठले ४५ केजी, विपेनराज सिंह दोर्जेले ० केजीमाथि, स्विकार राईले ७० केजी तथा ६५ केजीमा आर्जोभ महर्जनले स्वर्ण पदक जित्दा पायोनियरका सलिन बारीले ५० केजी तथा नारायन्जनका उदिप श्रेष्ठले ५५ केजी र दोर्जी लामाले ६० केजीमा स्वर्ण पदक जिते।

यसैगरी छात्रामा आयोजक एलएका मार्टिना राईले ४५ केजी, सीमा खड्काले ५० केजी, समिक्षा कार्कीले ५५ केजी, रिचेन लामाले ६० केजी तथा दिक्षा यादवले ६५ केजीमा स्वर्ण पदक हात पारे। त्यस्तै बेसिक लर्निङका अस्मिता थापा मगरले ३५ तथा माया चौधरीले ४० केजीमा स्वर्ण  जितेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App