७ वैशाख २०८१ शुक्रबार
अन्य

मनोलय–४

इष्टवस्तु न पाएमा पनि यो मन शान्त भो ।
कुनै उद्वेग नभए तब ता मोक्ष प्राप्त भो ।
त्रैलोक्य जित्नू क्यै ह्वैन मन जित्नु महान हो ।।

सत्सङ्ग गरिनै राख्नु तृष्णा त्याग गरीकन ।
वेदान्तशास्त्र पढनु प्राणायम गरीकन ।
यिनै उपाय गर्नाले बन्छ स्वाधीन यो मन ।।

मनको जयले सारा जगत् अमृत तुल्य छ ।
जुत्ताले पृथ्वी जस्तो चर्मवेष्टित तुल्यछ ।

‘म ब्रह्म ह्वैन’ संकल्प मन निश्चय बाँध्दछ ।
संकल्प ‘सब हो ब्रह्म’ मन यो मुक्त पार्दछ ।।

चित्तको त्यागमा द्वैत हराई ऐक्य आउँछ ।
शान्त नित्य परब्रह्म अनामय छ केवल ।।
क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

 

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App