केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

शुक्रबार, ११ फागुन २०७४, २१ : ३० एजेन्सी

बेईजिङ – चिनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन्। देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ। 

निर्वाचित सदस्यहरूको विवरण राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिमा पेश गर्नुपर्ने प्रावधान अनुसार निर्वाचित सदस्यहरूको नामलाई अन्तिम रूप दिन नियमानुसार शुक्रबार नै ती नाम चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा पेश हुने कार्यक्रम छ। 

निर्वाचित भएकाहरूको नामावली शनिबार प्रकाशित गर्ने कार्यतालिका रहेको चिनियाँ अधिकारीले जनाएका छन्। 

निर्वाचन आयोगले निर्वाचित प्रतिनिधिहरूको वैधानिकता र योग्यता पुरै चेकजाँच गर्दा कुनै कमजोरी नदेखिएको बताइएको छ। सो बैठक स्थायी समितिका अध्यक्ष झेङ डेजिआङले गरेका थिए। 

बैठकमा स्थायी समिति सदस्यहरुले १२औं राष्ट्रिय जनकङ्ग्र्रेसका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै उनीहरुले १३औं जनकंग्रेसको पहिलो अधिवेशनका एजेण्डाका बारेमा पनि छलफल गरेका छन् । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad