coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन्। 

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले भने- ‘शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ।’ 

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भने। ‘विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ।’ 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताए। (रासस)

प्रकाशित: ११ फाल्गुन २०७४ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App