८ वैशाख २०८१ शनिबार
कला

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

मुम्बई – दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी हुँदै निर्देशक सञ्जयलिला भन्सालीले उनलाई पाँच सय उपहार दिएका हुन्। 

भन्सालीले दिएको उक्त पाँच सय रुपैयाँलाई दीपिकाले पनि करोडौं रुपैयाँ भन्दा महत्वपूर्ण उपहार भएको बताएकी छन्। 
निर्देशक भन्सालीले दीपिकाको खुलेरै तारिफ समेत गरेका छन्। उनले दीपिकामा भारतका तीन प्रभावशाली अभिनेत्रीको गुण देखिने गरेको बताएका छन्। 

उनले भनेका छन्, ‘जब म उनलाई जब एक कोणबाट हेर्छु उनलाई वैजयन्तीमाला जस्तै देख्छु, कतिबेला मलाई हेमा मालिनीको याद आउँछ, दीपिकाले जब धैर्य भएर घूमर डान्स गर्छिन त्यो देखेर मलाई वहीदा जी को याद आउँछ। मलाई विश्वास छ यी तीन चर्चित अभिनेत्रीको गुण भएकाले दीपिका क्षमतावान छिन्।’

भारतीय सञ्चारमाध्यमका अनुसार पद्मावतमा अभिनय गर्नका लागि दीपिकाले ११ करोड पारिश्रमिक लिएकी थिइन्। 

यो चलचित्रले बक्स अफिसमा पनि नयाँ रेकर्ड बनाएको बताइएको छ। उक्त खुशीको सेलिब्रेटका लागि एक भब्य पार्टीको आयोजना गरिने चलचित्र युनिटले बताएको छ। 

 

प्रकाशित: ११ फाल्गुन २०७४ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App