८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री र सांसदलाई तालिम

सुर्खेत–संघीय संसद सचिवालयले ६ नम्वर प्रदेशका मन्त्री र सांसदका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा छ जना मन्त्रीसहित सांसदहरुको सहभागीता रहेको छ।

युएनडिपीको आर्थिक सहयोगमा भएको तालिममा संसदीय अभ्यास, संविधानले दिएको अधिकार, संसदभित्र हुने क्रियाकलाप, शून्य समय, विशेष समयलगायतका विषयमा मन्त्री र सांसदलाई प्रशिक्षण दिइएको संसद सचिवालयले जनाएको छ ।

‘संसदमा धेरै जना नयाँ हुनुहुन्छ, यहाँहरुका लागि संसदीय अभ्यास र संसद भवनभित्र हुने क्रियाकलापका बारेमा जानकारी दिने उद्देश्यले एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो’ संसद सचिवालयका सचिव राजेश पौडेलले भने, ‘तालिममा मन्त्री र सांसदहरुको सहभागीता रहेको थियो ।’ तालिममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने सहभागी थिएनन् ।

मन्त्री र सांसदहरुलाई संघीय संसद सचिवालयका सहसचिव कृष्णहरि खड्का, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र पूर्व सांसद तथा कानुनविद् खिमलाल देवकोटाले प्रशिक्षण दिएका थिए ।

प्रकाशित: ११ फाल्गुन २०७४ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App