८ वैशाख २०८१ शनिबार
राजनीति

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

यति मात्रै होइन, प्रधानमन्त्री निवासमै पुगेर माओवादी नेताहरुले पनि शुभकामना दिए। विशेषगरी मन्त्रीको दौडमा रहेका माओवादी नेता वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, शक्ति बस्नेत बालुवाटार पुगेरै ओलीलाई जन्मदिनको शुभकामना व्यक्त गरे।

ओलीको जन्मदिन ‘कमरेडहरु’ बीच मात्र सिमित भएन। छिमेकी देशसम्म पुग्यो। उनलाई जन्मदिनको शुभकामना दिन चीन र भारतको बालुवाटार दौड देखियो। जीवित व्यक्तिको जन्मदिन नमनाउने धारणा राख्दै आएका माओको देशका राजदूत यू होङ बुके बोकेर बालुवाटार प्रवेश गरिन्। यता दक्षिण छिमेकी भारतका राजदूत मञ्जिव सिंह पुरी पनि यो अवसरमा छुटेनन्। पुरीले पनि ओलीको जन्मनदिलाई कूटनीतिकरुपमा सदुयोग गरे। 

प्रकाशित: ११ फाल्गुन २०७४ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App