coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दिपायलमा नगर बस सञ्चालन

नगरबसको उद्घाटन गर्दै ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्वीर : अरूण बम /नागरिक

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालन गरेको छ। नगरपालिकाले नगर क्षेत्रका लागि पहिलोपल्ट नगरबस शुरु गरेको हो। ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ।

शुक्रबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शैलेश्वरी मन्दिरमा पुजा सहित रिवन काटेर सिलगढीमा नगर बसको उद्घाटन गरेका हुन्।

नगरपालिकाले आफ्नै स्रोतबाट पहिलो पटक बस सञ्चालनमा ल्याएको हो। नगरबसको उद्घाटन पछि मुख्यमन्त्री भट्टले नगरबस सञ्चालनले सर्बसाधारण नागरिकलाई सर्बसुलभ यातायात सेवा पुग्नेमा बिश्वास ब्यक्त गरे। ‘नगरपालिकाले सराहनीय काम गरेको छ,’ उनले भने,‘यसले नगर क्षेत्रका तथा कामको सिलसिलामा सदरमुकाम आउने सर्बसाधारण यात्रुहरुलाई सर्वसुलभ दरमा यात्रा गर्न सहजता प्रदान गर्नेछ।’

दिपायल सिलगढी नगरपलिकाकी मेयर मञ्जु मलासीले स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेकी थिईन्। सर्बसाधारण यात्रुहरुले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्यनजर गरेर नै नगरबसको अबधारणा ल्याएको उनले बताईन्। ‘दिपायल–सिलगढी जम्मा १०–१२ किलोमिटर मात्रै छ। तरपनि यहाँ सहज गाडी नपाउदा घण्टौ कुर्नुपर्ने अबस्था रहेकाले यो अबधारणा ल्याएकी हु,’ उनले भनीन्,‘अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुनेछ।’
नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताइन्। बस सञ्चालनको कार्यविधी बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App