४ वैशाख २०८१ मंगलबार
समाज

प्रधानमन्त्रीको पुत्ला दहन

स्याङजा – नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति स्याङजाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) र जनसरकार उपप्रमुख पदम राई लगायत युवाहरुको रिहाईको माग गर्दै शुक्रबार पुतलीबजार नगरपालिका–११ मायाटारीमा ओलीको पुत्ला दहन गरेको हो।

प्रशासनले पक्राउ गरेका नेतालाई तत्काल निशर्त रिहाईको माग राख्दै पुत्ला दहन गरेको जिल्ला इन्चार्ज बिवेक भण्डारी (आक्रोश) ले बताए। ‘शान्तिपूर्ण रुपमा नेताहरुको रिहाईको माग गरेका छौं’, आक्रोशले भने, ‘मागको वेवास्ता गरे जुनसुकै मूल्य चुकाउन पछि पर्ने छैनौं।’  आफ्नो मागको वेवास्ता गरी धरपकड गर्ने जस्ता कार्य नरोके कडा आन्दोलनमा जाने उनको चेतावनी छ।

राष्ट्रिय जन स्वयंसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न बिराटनगर जाँदै गर्दा प्रहरीले ओली र राईसहित बिप्लवका कार्यकर्तालाई फागुन ६ गते गिरफ्तार गरेको थियो। उनीहरुको रिहाईको माग गर्दै नेकपाले फागुन ८ गते नेपाल बन्द, ९ गते कोणसभा, १० गते अन्र्तक्रिया र ११ गते पुत्ला दहन कार्यक्रम गरेको हो।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App