ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, ११ फागुन २०७४, ११ : १२ नागरिक

झापा – झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन्। मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले नियन्त्रणमा लिएको बताइएको छ।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad