coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् १८ सदस्यीय बनाउने सरकारकाे निर्णय, कुन कुन मन्त्रालय छन् ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय हुने भएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३१ मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयसहित  १८ मा झार्ने निर्णय गरेको वतावतरणमन्त्री लालबाबु पण्डितले बताए । उनले भने, 'नेपाल सरकारको कार्यसम्पादन नियमावलीलाई परिवर्तन गरी  मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यलयलाई जोडी १८ बनाउने निर्णय भएको छ।'

सरकारले ३१ मध्ये १३ वटा मन्त्रालयलाई घटाएर १८ बनाएको हो।

कुन कुन मन्त्रालय छन् अाेली सरकार ?

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय
गृह
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्यटन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रकाशित: ११ फाल्गुन २०७४ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App