coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक निश्कर्षबिहीन

तस्विर : एजेन्सी

न्युयोर्क - सिरियामा जारी रहेको संघर्ष रोक्ने लक्ष्यले बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक निश्कर्षबिहीन  टुङगिएको  छ।

 सिरियामा युद्धविरामको  घोषणाको प्रयासका लागि बसेको बैठक निश्कर्षबिहीन भएको हो। बैठकमा स्वीडेन र कुवेतले युद्धविरामको प्रस्ताव राखेको भए पनि त्यसमा रूसले समर्थन नगर्दाै  बैठक निश्कर्षबिहीन नै टुङगिएको हो।

स्वीडेन र कुवेतको उक्त प्रस्तावमा संशोधन हुनुपर्ने धारणा रूसले राखेको थियो। संयुक्त राष्ट्रसंघका लागि रूसी प्रतिनिधीले युद्धविराम चुनौतीपूर्ण रहेको धारणा राखेका थिए।सिरिया सरकारले गत पाँच दिनदेखी लगातार रूपमा गरेको बम आक्रमणबाट  सिरियामा हालसम्म ४ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App