७ वैशाख २०८१ शुक्रबार
खेल

मध्यमाञ्चल र एपिएफ अन्तिम चारमा

धनगढी– मध्यमाञ्चल र एपिएफ क्लबले बिहीबारका खेलमा विजय हासिल गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्दा अन्य टोलीको नतिजाका आधारमा सुदूर पश्चिमाञ्चलले पनि सेमिफाइनलको टिकट काटेको छ।

कैलालीको धनगढीमा जारी प्रतियोगितामा बिहीबार समूह ‘ए’ को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चलमाथि ४४ रनको जित हासिल गर्दै सेमिफाइनलको टिकट काटेको थियो । मध्यमाञ्चलको जितसँगै लगातार दोस्रो खेलमा पराजित पश्चिमाञ्चल समूहचरणबाटै घर फर्कियो । पश्चिमाञ्चल घर फर्किंदा बिहीबार मैदान नउत्रिएको घरेलु टोली सुदूर पश्चिमाञ्चल सेमिफाइनल पुग्यो।

टस हारेर पहिला ब्याटिङ गरेको मध्यमाञ्चलले प्लेयर अफ दी म्याच सीता श्रेष्ठको ४९ रन प्रेरणामा २० ओभरमा ४ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । सीताले ४५ बलमा ४९ रन बनाउँदा कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रन बनाए।

१ सय १४ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मध्यमाञ्चलका अश्विनी कर्माचार्य र आरती बिडारीले समान २÷२ विकेट लिए।

बिहीबारै समूह ‘बी’ अन्तर्गत भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफले पूर्वाञ्चलमाथि ४ विकेटको जित हासिल ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको पूर्वाञ्चल निर्धारित २० ओभरमा ६४–५ मा सीमित भएको थियो । पूर्वाञ्चलका लागि कप्तान रुविना क्षत्रीले २७ रनबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एपिएफकी सोनु खड्काले २ विकेट लिइन्।

६५ रनको झीनो लक्ष्य एपिएफले १५.५ ओभरमा ६ विकेट गुमाई भेटायो । प्रतियोगितामा शुक्रबार पूर्वाञ्चल र मध्यपश्मिाञ्चल तथा सुदूर पश्चिमाञ्चल र मध्यमाञ्चलबीच खेल हुनेछ । पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलबीचको विजेता सेमिफाइनल पुग्नेछ ।  प्रतियोगिताको विजेताले ५ लाख तथा उप–विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App