coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

उक्त सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने छन् ।
निजी क्षेत्रको सबैभन्दा सुविधासम्पन्न दाबी गरिएको उक्त अस्पताल गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोको लगानीमा स्थापना गरिएको हो । कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७४ शाखा, ५८ वटा एटिएम तथा दुइटा एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App