७ वैशाख २०८१ शुक्रबार
राजनीति

आहुती, किराती र विष्ट माओवादी केन्द्रबाट निष्काशित

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले एमालेसँग एकताको विरोधमा रहेका तीन नेतालाई पार्टीबाट निष्काशन गरेको छ। 

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो। 

सरकारमा जान निर्णय लिने जिम्मा शीर्ष तीन नेतालाई

बैठकले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष तीन नेतालाई दिएको छ। अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो। 

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए। 

बैठकमा यही फागुन ७ गते नेकपा एमालेसँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमा समेत छलफल भएको थियो। 

प्रकाशित: १० फाल्गुन २०७४ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App