८ वैशाख २०८१ शनिबार
खेल

वेल्स र इङ्ल्याण्ड नकआउट चरणमा

फ्रान्स- युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा वेल्सले रसियालाई पराजित गर्दा इङल्याण्ड र स्लोभाकीयाले बराबरी खेलेका छन्। वेल्सले रसियालाई ३-० गोलले पराजित गर्‍यो। खेलको ११औं मिनेटमा रामशिले गोल गर्दै वेल्सलाई सुरुवाती अग्रता दिलाए।

खेलको २०औं मिनेटमा टेलरले गोल गर्दा वेल्सले पहिलो हाफमा २-० को अग्रता लियो। खेलको ६७औं मिनेटमा गोल गर्दै ग्यारेथ बेलले जित सुनिश्चित गरेका थिए।

हिजै सम्पन्न अर्को खेलमा इङ्ल्याण्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन्। आफ्ना कप्तान वाइने रोनीलाई आराम दिइएको खेलमा इङ्ल्याण्डले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन र खेल बराबरीमा सकिएको हो।

यस जितसँगै वेल्सले ३ खेलबाट ६ अकं बनाउदै समुह ए बाट विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै इङल्याण्डले ५ अकं जोड्दै उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। ३ अकं सहित स्लोभाकिया तेस्रो स्थानमा रहदाँ रसिया १ अकंसहित समुहको पुछारमा रहेको छ।

 

 

 

प्रकाशित: ७ असार २०७३ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App