४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

आयोले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार  २१ गते मतदाता नामावली प्रकाशन, २२ गते मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने एवम् मतदाता नामावली उपर दावी विरोधको, २३ गते १० बजे देखि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।

२३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको दावी विरोध गर्ने कार्यक्रम छ।  २४ गतेलाई उम्मेदवारले नाम फिर्ता लिने सूची छ। २९ गते १० बजेदेखि मतदान हुने छ।

२९ गते अपराह्न ४ बजेपछि मतगणना हुने आयोगले जनाएको छ। कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कामय रहेको कुल मतको बहुमत नभए पुन मतदान हुने छ।

 

 

प्रकाशित: १० फाल्गुन २०७४ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App