८ वैशाख २०८१ शनिबार
समाज

अग्नी पीडितलाई गायिकाको सहयोग

खोटाङ – खोटाङको हलेसीका आगलागी पीडितलाई गायिकाको समूहले राहत प्रदान गरेको छ। राई किरातिम्मा गायन समूहमा आवद्ध गायिकाहरूले राजधानीमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेको ९ लाख ३० रुपैयाँ बिहीबार अग्नी पीडितलाई प्रदान गरिएको हो।

पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राईलाई जनही १ लाख ७५ हजार ५ रुपैयाँ प्रदान गरिएको छ। यस्तै मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलाई १ लाख ५ रुपैयाँ राहत प्रदान गरिएको महादेबस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।

संकलित रकमध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पीडित मित्रमान राईलाई पनि १ लाख ५ रुपैयाँ प्रदान गरिएको छ। बिस्थापितको सहज जीवन यापनका लागि सहयोग संकलन गरेर प्रदान गरिएको राई किरातिम्मा गायन समूहले जनाएको छ। समुहले पीडितलाई तीन÷तीन वटा ओढ्ने बर्की पनि प्रदान गरेको छ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो।

प्रकाशित: १० फाल्गुन २०७४ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App