ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

बिहिबार, १० फागुन २०७४, १६ : ०१ नागरिक

काठमाडौं – जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। 

नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। 

नेपालले संघीय र प्रादेशिक निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई मजबुद गर्ने दिशामा एउटा ठूलो उपलब्धी हासिल गरेको भन्दै उनले संघीय सरकारको पहिलो प्रधानमन्त्रीको रुपमा ओलीको शक्तिशाली नेतृत्वमा लोकतन्त्रलाई बलियो बनाउने नेपालको प्रयासमा जापानको समर्थन जारी रहने प्रतिबद्धता जनाएका छन्। उनले भूकम्पपछिको पुनर्निर्माणमा जापान साथ रहेको पनि स्मरण गरेका छन्। 

प्रधानमन्त्री अवेले आफ्नो सन्देशमा ओलीको कार्यकालमा सक्रिय सहयोग गरी दुवै मुलुकबीचको सुमधुर सम्बन्धलाई थप मजबुद बनाउने आशा समेत व्यक्त गरेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad