७ वैशाख २०८१ शुक्रबार
समाज

लहानमा बम विस्फोट, एक घाइते

बम विस्फोट भएको लहान बजार । तस्बिर : नागरिक

लहान – लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ। विस्फोटबाट स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ। 

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी गणेश चन्दले प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गर्दै घटनास्थलबाट जयकृष्ण गोईत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुतिm मोर्चा (क्रान्तिकारी)को पर्चा समेत भेटिएको छ। वम शक्तिशाली भएकोले विस्फोटनले स्टोर्समा समेत क्षति पुगेको छ। दिउँसै बम विस्फोट भएपछि लहानवासी त्रसित बनेका छन्। 

पसलमा सामान किन्ने बहानामा आएकाले प्रेसर कुकर बम रहेको झोला छोडेर गएको केही बेरमै विस्फोट भएको घाइते अग्रवाललाई उद्धृत गर्दै डिएसपी चन्दले बताए। प्रहरी तत्काल पुगेर घाइते अग्रवाललाई उपचारका लागि अस्पताल पुर्याएको उनले बताए। 

वम विस्फोट भएको स्थानभन्दा २० मिटर उत्तर(सहिद गेट) मा २४ सैं घण्टा सशस्त्र प्रहरीको पहरा(ड्युटी) रहन्छ। नजिकै जनपद प्रहरीपनि रहन्छ। सुरक्षा घेरा रहेको मुख्य चोकमा भएको विस्फोटमा संलग्नबारे अहिलेसम्म प्रहरी सुराकविहिन छ।  

गत पुस ७ गते सिरहा बजारस्थित मालापोत कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्ष अगाडिको ‘लबी’ राखिएको सोफामुनी राखिएको बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए। 

घाइतेहरु सिरहा नगरपालिका–११ का राजकुमार पासवान, रोशन र पवन पासवानको सिरहा अस्पतालमा उपचारपछि घर फर्किसके। तर, विस्फोटमा संलग्नहरु पत्ता लगाउन प्रहरीले अझै सकेको छैन्। मालपोटको टाँसिएकै दक्षिणतिर प्रमुख जिल्ला अधिकारीको निवास छ। जहाँ २४ सैं घण्डा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा रहन्छ। विस्फोट स्थलबाट पाँचसय मिटर पूर्व दक्षिणमा सस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ। उतिकै दुरी उत्तर जिल्ला प्रहरी कार्यालय छ। तर, यो विस्फोटनको घटना गराउने पनि सहजै उम्के।

चुनाव सकिएपछि मंसिर २८ गत्ते लहानको मुख्य चोकमा दिउँसै बम विस्फोट भएको थियो। सहिद गेट नजिकै भएको यो बम विस्फोटका संलग्नबारे पनि प्रहरी अझै बेखबर छ।

प्रकाशित: १० फाल्गुन २०७४ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App