coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा दुई यात्रु बस ठाेक्किँदा चार जनाको मृत्यु, २९ घाइते

चितवन–पृथ्वीराजमार्गको मुग्लिन कुरिनटार खण्डमा मंगलबार साँझ दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते २९ जनामध्ये सात जनाको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि काठमाडौं लगिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाँकी घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

चितवन प्रहरीले उपलब्ध गराएको विवरण अनुसार काठमाडौंबाट धरान आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको यात्रु बस र भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ख ९३६१ नम्बरको अर्को यात्रु बस मंगलबार साँझ सात बजे मुग्लिनदेखि केही पर दारेचोक गाविसको वडा नं. ७ कुरिनटार र फिस्लिङ बीचमा ठोक्किएका थिए । मृतकमध्ये एकजना अन्दाजी तीन वर्षको बालक र एकजना महिला छन् ।

मृतक चारैजनाको बुधबार बिहानसम्म पनि नाम ठेगना खुल्न नसकेको चितवन प्रहरीले जानकारी दिएको छ । आइतबारदेखि देशका विभिन्न ठाउँमा लगातार जसो गाडी दुर्घटनाका खबर आइरहेका छन् । मंगलबार दिउँसो मात्रै पनि नवलपरासीको दाउन्नेमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो । चितवन दुर्घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको प्रहरीको भनाइ छ ।
    

 

प्रकाशित: १ भाद्र २०७३ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App