८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यदललाई २५ गतेभित्र प्रतिवेदन पेश गर्न ओली-दाहाल निर्देशन

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले माेअावादीकाे बैठक । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- पार्टी एकताका लागि गठन गरिएका कार्यदललाई फागुन २५ गते भित्र आफ्नो प्रतिवेदन पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त कार्यदलसँगको छलफल पछि नेता द्वयले यस्तो निर्देशन दिएका हुन्। विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा  सम्वन्धी दुई कार्यदल रहेका छन्।  प्रतिवेदन तयार पारेर पेश गर्न नेता द्वयले निर्देशन दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए

पार्टी एकताको तयारीको लागि एमाले र माओवादीले दुई कार्यदल गठन गरेका थिए। संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ,  तथा माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा रहेका छन्। विधान कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त र माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य छन्।

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App