coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

स्पेन – स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज, कासिमिरो र सर्जियो रामोसले एक/एक गोल गरे।

खेलको छैटौं मिनेटमा बुस्टिन्जाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएपनि त्यो अग्रता धेरैबेर टिक्न सकेन। रियल मड्रिडका लागि ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए।  त्यस्तै रियलका लागि थप दुई गोल २९ औं मिनेटमा कासिमिरो र ९० औं मिनेटमा पेनाल्टीमार्फद कप्तान सर्जियो रामोसले गरेका थिए। रियलले पछिल्ला खेलबाट राम्रो प्रदर्शन गर्दै जित निकाल्दै आएको छ।

जितसँगै रियल मड्रिड लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियलको २४ खेलबाट ४८ भएको छ । रियल पहिलो स्थानको बार्सिलोना भन्दा १४ र दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ७ अंकले पछि छ । पराजित लेगानेस भने समान खेलबाट २९ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App