७ वैशाख २०८१ शुक्रबार
खेल

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

हेटौंडा – मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) दोस्रो तथा अन्तिम सेमिफाइलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

क्वाटरफाइलमा बिजय युथलाई ३–० ले पराजित गर्दै पुलिस र थ्री स्टारलाई १–० ले स्तब्ध पार्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो। यो सिजन पुलिसले ३ वटा उपाधि हात पार्दा संकटाले भने उपाधि जित्न सकेको छैन्। आजको विजेताले फाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ। आर्मीले बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङ मस्याङ्दीलाई १ –० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आर्मी यो सिजनको सबैभन्दा सफल क्लब हो।

८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो। प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको लागि ६० लाख रुपैयाँ लागत अनुमान गरिएको र सुमन भोम्जन प्रतिष्ठानले जनाएको छ। खेल पत्रकार सुमन भोम्जनको २०७२ सालको  भूकम्पमा परि निधन भएका थियो।

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App