७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘केएफसी संकटलाई लिएर प्रहरीलाई फोन नगर’

लन्डन – फ्राइड चिकेन ‘संकट’को विषयलाई लिएर फोन नगर्न प्रहरीले ‘केएफसी’ प्रेमीलाई आग्रह गरेको छ ।
फास्ट फुड सञ्जाल केएफसीको नयाँ डेलिभरी कम्पनी डिएचएलसँगको ‘सञ्चालनसम्बन्धी विषयमा समस्या उत्पन्न भएपछि बेलायतभरमा रहेका उसको करिब आधा अर्थात् नौ सय आउटलेट्स बन्द गरिएका छन्।
‘केएफसीमा कुखुराको मासु नभएको भन्दै जो कोहीले पनि प्रहरीलाई फोन गरिरहेका छन्, कृपया रोक्नुहोला,’ म्यानचेस्टरका अधिकारीहरुले आग्रह गरेको बिबिसीले जनाएको छ।

म्यानचेस्टरका अधिकारीलाई लन्डन प्रहरीले पनि साथ दिँदै ट्विट गरेको छ । उसले चिकेन अभाव हुनु प्रहरीको सरोकारको विषय नभएको बताएको छ । यस विषयमा ट्विट गरे पनि प्रहरीले जनमानसबाट कुखुराको मासुको अभाव भएको भन्नेबारेमा फोन आएको थियो वा थिएन भनेर पुष्टि भने गर्न सकेको छैन।

फास्ट फुड सञ्जाल केएफसीका समर्थकहरु यसै विषयलाई लिएर सामाजिक सञ्जालमा पनि लागि परेका छन् । उनीहरुले सामाजिक सञ्जालमा केएफसीक्राइसिस नामक ह्यासट्याग नै प्रयोग गरिरहेका छन् । केएफसीमा आएको संकटबाट उदास भएका उपभोक्ताहरुले बेलायतको बर्मोन्डसे र ओल्ड साउथवार्क निल कोयलका सांसद्समेतलाई गुहारेका छन्।

केएफसीले मंगलबार अपराह्न आधाभन्दा बढी उसको रेष्टुरेन्ट पुनः सुचारु गरेको ट्विट गरेको छ । तर पनि संकट अझै जारी रहने देखिएको छ किनभने अझै पनि उसका सयौं आउटलेट्स बन्द अवस्थामा नै रहेका छन् भने खुलेका अन्यले पनि मेनुबाट सामाग्रीको संख्या घटाएका छन् वा खुल्ने समय छोट्याएका छन् । बेलायतको एक चौथाई बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने चुकल ब्रदर्सले केही चिकेन र चिप्स पाएको भन्दै गर्वका साथ ट्विट गर्दै व्यंग्य प्रकट गरेको छ ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App