६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

महेन्द्रनगर – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विहीबार संसद्मा विश्वासको मत लिने भएका छन्। 

प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार विहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ। 

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा फागुन २ गते मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन्। आज विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री राउतले नेपाली काँग्रेसलाई पनि आग्रह गरेका छन्। उनले बुधबार राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसँगै गई काँग्रेस संसदीय दलका नेता रामसरोज यादवसँग विश्वासको मत माग्दै अनुरोध पत्र दिएका थिए। 

आज मुख्यमन्त्री राउतले मन्तव्य राखेपछि अन्य सांसदहरुले पनि धारणा राख्नेछन्। त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जवाफ दिनेछन्। बैठकमा मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले मतदानका लागि आहृवान गर्नेछन्। मतदानमा आफ्नो पक्षमा ५१ मत वा बढी आएमा लालबाबु राउत मुख्यमन्त्री कायम रहनेछन्। पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिने प्रदेश संसद् सचिवालयका उपसचिव यादवले बताए। 

यस प्रदेशको प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ सांसद रहेका छन् जसमा मुख्यमन्त्री रहेको दल संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन्। दुवै दलको कूल सिट संख्या ५४ रहेको छ। मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक ५४ मत यी दुई पार्टीसँगै छ। त्यस्तै, नेकपा एमालेको २१, काँग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, संघीय समाजवादी पार्टीका एक र एकजना स्वतन्त्र सांसद छन्। रासस

प्रकाशित: १० फाल्गुन २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App