coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा जानेमध्ये एक तिहाइ मलेसियामा

विभागले जनाएको छ । गत वर्ष ६२ हजार सात सय ७६ ले गन्तव्य बनाएको कतार पहिलो स्थानमा थियो । पछिल्ला दिनमा कतारमाथि अन्य खाडी मुलुकहरुले गरेको नाकाबन्दीको असर नेपाली कामदारको मागमा समेत परेको छ।

गत वर्षको पुस मसान्तमा दोस्रो रोजाइमा रहेको साउदी अरब यसपटक चौथो स्थानमा झरेको छ । गत वर्षको ६ महिनामा ४४ हजार चार सय ८१ कामदारको रोजाइमा परेको साउदी अरबमा चालु वर्षको ६ महिनामा करिब आधा अर्थात २३ हजार दुई सय ८६ मात्रै गएका छन्।

पछिल्लो समयमा संयुक्त अरब इमिरेट्स जानेको संख्या वृद्धि भएको छ । ६ महिनाको अवधिमा ३० हजार सात सय ५८ ले रोजेको संयुक्त अरब इमिरेट्स तेस्रो गन्तव्यमा परेको छ ।यी खाडी मुलुकको अलावा कुवेत, दक्षिण कोरिया, बहराइन, ओमान, अफगानिस्तान लगायत देशमा जानेको संख्यामा वृद्धि भएको छ । यस्तै जापान, इजरायल, लेबनान लगायत देशमा जाने कामदारको संख्यामा कमी आएको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा १.८ प्रतिशत कम कामदार रोजगारीका लागि विदेश पसेका छन् । हाल नेपालले विश्वका एक सय आठ देशमा (हाल दुई बन्द) श्रम स्वीकृति दिएर कामदार पठाउने गर्छ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्न थालेपछि त्यसको असर रेमिटेन्समा पर्न थालेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्स आप्रवाह पोहोरको तुलनामा ०.५ प्रतिशतले घटेको छ।

साउन–पुससम्म नेपालमा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्ष सोही अवधिमा रेमिटेन्स आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । विज्ञहरूले वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेकाले नेपालले अब राम्रा गन्तव्य मुलुकमा कामदार पठाउन जोड दिनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा गएका कामदारको संख्या र गन्तव्यलाई केलाउँदा रेमिटेन्स आप्रवाह स्याचुरेसन (उच्च बिन्दु) मा पुगेको बताउँछन् । राम्रो गन्तव्य नखोज्ने हो भने रेमिटेन्स घट्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्न सक्ने खतरा रहेको विज्ञले बताएका छन् ।

प्रकाशित: १० फाल्गुन २०७४ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App