coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बंगलादेशी सैनिक टोली नेपालमा

काठमाडौं– बंगलादेशको उच्चस्तरीय सैन्य टोली साता लामो भ्रमणका लागि सोमबार नेपाल आएको छ । बंगलादेशको नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल एम स्यानुल हकको नेतृत्वमा आएको भ्रमण दलले मंगलबार प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटवार्तामा दुईपक्षीय आपसी हित विषयमा छलफल भएको थियो । भेटवार्तापछि भ्रमण दललाई नेपाली सेनाका विषयमा जानकारी गराइएको थियो ।

बंगलादेशी सेनाका तर्फबाट हक नेतृत्वमा २२ सदस्यीय भ्रमण दल नेपाल आएको हो ।  नेपाल बसाइमा भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसँग समेत भेटघाटको कार्यक्रम छ ।

भ्रमण दलले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेज, नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर र जोमसोसस्थित सैनिक उच्च शिखर शिक्षालयको समेत भ्रमण गर्ने कार्यक्रम निर्देशनालयले जनाएको छ । बंगलादेशी सैनिक भ्रमण दल आउँदो आइतबार स्वदेश फर्कनेछ ।

 

प्रकाशित: १ भाद्र २०७३ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App