coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निःशुल्क औषधि नारामा सीमित

खोटाङ – पिलो उपचारका क्रममा दुखाइ कम गर्न प्रयोग गरिने लिगोसाइन इन्जेक्सन सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निःशुल्क औषधिको सूचीमा राखेको छ । यस्तै सप्रोफ्लोक्जासिन, क्लोराम्फेनिकल, फ्लुकनाजोललगायतका औषधि पनि निःशुल्क उपलब्ध हुने औषधिको सूचीमा छन् तर सरकारले यी कुनै पनि औषधि जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा पठाएको छैन । जिल्ला अस्पतालमा ७० किसिमका औषधि निःशुल्क पठाउनुपर्ने सरकारले यो आर्थिक वर्षमा ३२ किसिमका औषधिमात्र पठाएको छ । बाँकी ३८ किसिमका औषधि नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ । निःशुल्क भनिएका सबै औषधि केन्द्रबाट नआएको र जति आएका छन् त्यसैका भरमा सेवा प्रवाह भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताए। 

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ।

जिल्ला अस्पतालका अनुसार निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरिएयता सरकार आफैंले तोकेअनुसारका औषधि कहिल्यै पर्याप्त मात्रामा पठाउन सकेको छैन । यस आर्थिक वर्ष सिप्रोफ्लोजासिन, डोक्सिसिलिन, लिगोसिन, एस्प्रिन, फेनिरामाइन, सेटिरिजाइन, क्लोराम्फेनिकोल, फ्लुकनाजोल, एसिक्लोभिर ट्याबलेट, हाइड्रोक्लोरोथाइलिन ट्याबलेट, केलामाइन लोकेसन, डाइजिन ट्याबलेट, एट्रोपाइन, कोभिल आयल, मेटोक्लोरपोपामाइड, प्रोमथाजिन, बेन्जिक एसिड, फ्रसमाइड, डेक्जामेथाजन, एमिनोफिलाइन, प्रेडिनिसोलाइन, प्रालिडोक्जोमी सोडियम, एमिट्रिप्टिलाइन, एड्रेनालाइन, डाइगोजिनलगायतका औषधि पठाइएको छैन । यस्तै क्लोट्रिमेजोल, डाइजिपाम, जेन्टिएन भाइयोलेट, एसेटाजोलामाइड, लिभोथ्रोक्जिन, इनालाप्रिल, एटोरभास्टेसन, फ्लुओक्जेटिन, भलपरिक एसिड, ट्रिहेक्जिफेनिडिल, थाइमिन, एमिट्रिप्टिलिन ट्याबलेट पनि नआएको स्वास्थ्य कार्यालय स्टोर शाखाका नायबसुब्बा अनिल आचार्यले बताए । यी सबै औषधि सरकारले निःशुल्क उपलब्ध गराउने सूचीमा पर्छन्। 

५८ प्रकारका औषधि निःशुल्क प्राप्त हुनुपर्ने प्राथमिक स्वास्थ्यकेन्द्र र ३५ वटा औषधि निःशुल्क प्राप्त हुनुपर्ने स्वास्थ्यचौकीमा समेत भनेबमोजिमका औषधि नआएको अवस्था छ । अपुग औषधि आफैं खरिद गरेर जेनतेन व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार औषधि खरिदका लागि यस आर्थिक वर्ष प्राप्त भएको ४ लाख रुयैयाँबाट १९ प्रकारका औषधि खरिद गरिएको छ । ‘सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क दिने भनेर घोषणा त ग¥यो,’ डा. केसीले भने, ‘तर सरकार आफैंले हालसम्म घोषणाअनुसारको औषधि कहिल्यै पूरा मात्रामा पठाउन सकेको छैन ।’ स्वास्थ्यशिविर सञ्चालन गर्न औषधि मागेका नेपाली सेना र कतिपय विद्यालयलाई समेत औषधि दिन नसकेको जिल्ला अस्पतालले जनाएको छ।

बिरामीका आफन्त अस्पतालमा नभएका औषधि निजी क्लिनिकमा पुगेर खरिद गर्न बाध्य छन्। जिल्लामा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्यकेन्द्र, ७१ स्वास्थ्यचौकी, दुई उपस्वास्थ्यचौकी छन्। जिल्लाका स्वास्थ्यसंस्थामा केन्द्रीय मेडिकल स्टोर बारा र क्षेत्रीय मेडिकल स्टोर विराटनगरले औषधि पठाउने गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०७४ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App