coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गर्भवतीले हेर्न नहुने नृसिंह जात्रा

ललितपुर– करिब २ सय ७० वर्ष पुरानो नृसिंह जात्रा यसवर्ष भदौ ७ गते हुने भएको छ। ललितपुर, पाटनको स्वठ टोलका राजोपाध्याय समुदायले मान्दै आएको यो जात्राको प्रबन्ध तथा सञ्चालन वर्षेनी छुट्टाछुट्टै परिवारले गर्ने परम्परा छ ।

परम्परा अनुसार यसवर्ष अनन्तकान्त आचार्य राजोपाध्यायको परिवारले जात्राको प्रबन्धको जिम्मा पाएको छ । जात्रा सञ्चालनको जिम्मा पाएको परिवारले जात्राका लागि आवश्यक सबै खर्च बेहोर्नुपर्ने प्रचलन छ ।
भदौ ७ मा पूर्णचण्डी, गाःवहाल, पिम्वहाल, चण्डेश्वरी, नकवहिललगायत टोल परिक्रमा गरी स्वठमा आएर जात्रा सकिनेछ । राजा सिद्धीनरसिंहले सुरु गरेको जात्रा गर्भवती महिलाले हेर्न नहुने परम्परा रहेको संस्कृतिविद् रविन्द्रधर राजोपाध्यायले जानकारी दिए ।

राजोपाध्याय परिवारले मान्दै आएको जात्रा मनाउन २ लाखभन्दा बढी रकम लाग्ने अनन्तकान्तले जानकारी दिए । पाटन, स्वठ टोलका ५ सयभन्दा बढी घरधुरीले धान्दै आएको जात्राको प्रबन्ध गर्ने पालो ५० वर्षमा एउटा परिवारको जिम्मामा पर्छ ।

 

प्रकाशित: १ भाद्र २०७३ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App