coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशबाट लिए शपथ

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

सरकारको मुख्य कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुक्त गरेकी थिइन्। महान्यायाधिवक्ता खरेलले बुधबारै पद बहाली गरेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७४ १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App