८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित मन्त्रिपरिषद्को सिफारीस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन्। कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले असंवैधानीक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधान प्रति उपहार दिएका हुन।

‘संविधान विपरीत राष्ट्रपतिले सरकार पिच्छे फरकफरक व्यवहार गर्ने होइन,’ तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले भने, ‘संविधानले उहाँलाई के र कस्तो अधिकार दिएको छ भन्ने जानकारी नभए जस्तो लागेर हामीले अध्ययनका लागि संविधानको प्रतिसहित ज्ञापनपत्र बुझाएका छौ ।’

मन्त्रिपरिषद्को सिफारी संविधान अनुसार नभए वा राष्ट्रपतिलाई चित्त नबुझे र्फिता गर्ने अधिकार भएको बताउँदै उनले भने, ‘यो जाला र त्यो आएपछि गरौला भनेर अड्काउने अधिकार राष्ट्रपतिलाई छैन। उहाँ संवैधानीक राष्ट्रपति हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रियसभाका तीन सदस्य मनोनयनका लागि गरेको सिफारी राष्ट्रपतिले अड्काएर राखेकी थिइन् । एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले उक्त निर्णय रद्द गर्दै नयाँ नाम सिफारी लगतै राष्ट्रपतिले मंगलबारै मनोनयन गरेकी थिइनन् ।

राष्ट्रपतिको उक्त कदमको कांग्रेसले मंगलबार नै पत्रकार सम्मेलन गरी बिरोध जनाएको थियो । नेपाल विद्यार्थी संघले मंगलबार साँझै प्रदशनी मार्गमा राष्ट्रपति बिरोध प्रदशन गरेको थियो । तरुण दलसहितका कांग्रेस भ्रातृ संगठनहरु राष्ट्रपतिको कमदविरुद्ध नाराजुलुसहित शीतल निवास पुगेका थिए ।

यसैबीच, कांग्रेसका प्रमुख भ्रातृ संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रपति दलीय स्वार्थ प्रेरित भएको लगाएका छन् ।  राष्ट्रपतिले संवैधानिक दायित्व विर्सेर सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै उनीहरुले आन्दोलनमा उत्रिने घोषणा गरेका हुन ।   

प्रकाशित: ९ फाल्गुन २०७४ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App