राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

बुधबार, ०९ फागुन २०७४, १७ : ४९ नागरिक

काठमाडौं – नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन्। 

पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले बुधबार पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन्। 

कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरिन। 

नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानबमोजिम नै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको स्पष्ट पार्दै त्यसलाई अनुमोदन नगर्नु संविधानको भावना विपरित भएको टिप्पणी गरे। 

सरकारले हिजो मंगलबार काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई रद्द गर्दै नयाँ नाम सिफारिस गरेको थियो र सोही नाम राष्ट्रपति भण्डारीले मंगलबार नै मनोनयन गरेका थिइन। 

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नभए सडक संघर्ष र कानूनी लडाइँ लड्ने चेतावनी दिए। 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल दलित संघका कार्यबाहक अध्यक्ष शम्भुहजारा पासवान, महिला संघका महासचिव एवं सांसद धना खतिवडा, तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलगायत उपस्थित थिए।







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad