१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बैतडी – मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ।

मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको हो। न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको छ, भने सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ। 

गत साउन ३ गते दुबैजनाले बालिकालाई सामूहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए। उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई गिरफ्तार गरेको थियो। 

प्रकाशित: ९ फाल्गुन २०७४ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App