८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ४ मा 'एक जिल्ला एक नमुना उत्पादन'

गोरखा – कृषि मन्त्री लेखबहादुर थापाले प्रदेश नम्बर ४ को ११ वटै जिल्लामा ‘एक जिल्ला, एक नमुना उत्पादन’ कार्यक्रम लागु गर्ने बताएका छन्। कृषि तथा सहकारी मन्त्री भएपछि पहिलो पटक गृहक्षेत्र गोरखा आएका उनले आज गोरखा सदरमुकाममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा भने ‘यो प्रदेशभित्रका हरेक जिल्लामा एउटा नमुना उत्पादन गरेर पहिचान दिने खालको कार्यक्रम सञ्चालन गर्नेछौं।’

विज्ञहरुसँग छलफल गरी हावापानी, भुगोल माटो सुहाउँदो खेती प्रणाली हरेक जिल्लामा सञ्चालन गर्ने उनले बताए। मन्त्री भएपछि किसानको समस्या सिधै बुझ्न र थाहा पाउन किसानसँग मन्त्री कार्यक्रम गर्ने उनले घोषणा गरे। ‘किसानको खेतबारीमै पुगेर काम गर्ने, समस्या बुझ्ने नभए भेट्ने सम्म भएपछि महिनामा एक पटक गर्नेछु, किसानको समस्या सिधै बुझ्न र समस्या समाधान गर्न यसले सहयोग मिल्नेछ’ पत्रकारहरु सँगको कुराकानीमा उनले भने। प्रदेश नम्बर ४ मा अर्गानिक उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र सबैलाई कृषिपेसामा लाग्न प्रेरित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने उनले बताए। 

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क बाट बिजयी थापाले गोरखा जिल्लाको हिमाली, पहाडी र तल्लो भेगलाई हावापानी भुगोल सुहाउँदो ब्यवशायी खेतीमा युवालाई प्रोत्साहन गर्ने योजना बनाउनुपर्नेमा जोड दिए। खेती किसानी नगर्ने बानीले नेपालमा बेरोजगार समस्या चुलिएको बताउँदै उनले ब्यवशायीक खेती गर्नेलाई प्रोत्साहन गर्न अनुदानको ब्यवस्था गर्ने बताए। अहिले भइरहेको टुक्रे उत्पादनलाई ब्यवस्थित गर्दै सामुदायिक उत्पादनलाई प्रोत्साहन दिन व्यवसायिक खेती प्रणालीमा किसानलाई प्रोत्साहन दिने कृषि मन्त्री थापाले बताए। मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका कृषिमन्त्री लेखबहादुर थापालाई भेट्ने, बधाई दिने नेता कार्यकर्ता, सर्वसाधारण ब्यक्ती, सामाजिक संघ संस्थाका प्रमुखहरुको घुँइचो लागेको थियो। 

प्रकाशित: ९ फाल्गुन २०७४ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App