coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मनोज पुन ‘इन्काउन्टर’ले युवा संघलाई ‘राहत’

काठमाडौं – युवा संघ नेपालले गुण्डा नाइके मनोज पुन इन्काउन्टरको स्वागत गरेको छ। पुन मंगलबार विहान प्रहरीसँगको इन्काउन्टरमा मारिएका थिए। युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र कार्यकर्ता बलु पौडेलको हत्याका योजनाकार पुनलाई सजाय दिएको भन्दै युवा संघले प्रहरीलाई धन्यवाद समेत दिएको छ।

पुनको इन्काउन्टरपछि संघका अध्यक्ष राजीव पहारीले पीडित परिवार र सिंगो संगठनलाई राहत दिएको प्रतिक्रिया दिए। ‘आफ्नो निहित स्वार्थ पूर्ती गर्न अवैध चन्दा, असुली र हत्या गर्ने, आर्थिक सहयोग र फिरौती नपाएर समाजमा आतंक मच्चाउँदै हिड्ने, दुर्गा तिवारी–बलु पौडेलको हत्या गर्ने, भारतमा बसेर नेपालमा संस्थागत अपराध गर्नेहरु इन्काउन्टरमा मारिनु शान्ति र अमनचयनका लागि सकारात्मक कुरा हो,’ पहारीले भने– ‘नेपाल प्रहरीको यो कदमबाट तिवारी र पौडेलको साथै हाम्रो संगठनलाई राहत मिलेको छ। समाजमा शान्ति र अमनचयन कायम गर्ने विषयमा युवा संघ सदैव साथमा रहनेछ।’

पुनकामे इन्काउन्टरले अपराध निरुत्साहित हुने विश्वास गर्दै पहारीले जुनसुकै नाम र आवरणमा गुण्डागर्दी र अपराधिक क्रियाकलाप गर्नेलाई कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका छन्।

युवा संघका तिवारी र पौडेलसहित निर्माण व्यवसायी शरद गौचनको हत्याका योजनाकार पुन र उनका सहयोगी सोम आले रुपन्देहीको  देवदह ४ स्थित भवानीपुरमा आज विहान प्रहरी इन्काउन्टरमा मारिएका हुन्। दुबै जना प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।

प्रकाशित: ९ फाल्गुन २०७४ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App