coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिमापातले अवरुद्ध गमगढी नाग्म सडक बिहीबारदेखि खुल्ने

मुगु- माघको २९ देखि भारी हिमपातका कारणअवरुद्ध भएको गमगढी— नाग्म सडक खण्ड बिहीबारदेखि सुचारु हुने भएको छ।

माघको अन्तिममा भारी हिमपात हुँदा मुगुदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म चल्ने सबै खाले सवारी साधन चल्न नसके पछि जिल्ला प्रशासन कार्यालयले लगातार सडक डिभिजन कार्यालय जुम्लालाई बाटोमा जमेको हिउँ हटाई सडक सुचारु गर्न ताकेता गरेपछि बिहीवारदेखि सडक सञ्चालनमा आउने अवस्थामा पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गमगढीदेखि घुच्ची लेकसम्मको सडक खण्ड अन्तर्गत घुच्ची लेकको सात घुम्तीमा धेरै हिउँ जमेको र हिजो आज सडक विभागले डोजर लगाएर हिउ हटाउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

 डोजरले अहिले पनि सडकमा जमेको हिउँ पन्छाई रहेको र साना सवारी साधन सञ्चालन हुने अवस्था रहे पनि छिटो भन्दा छिटो माल बाहक तथा यात्रु बाहक यातायातका साधन गुड्न सक्ने बनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारीले बताए। मंगलवार प्रमुख जिल्ला अधिकारी सडकको अवस्थाबारे अनुगमन गर्न आफै घुच्ची लेक भुलभुले सम्म पुगेका थिए। लामो समयसम्म सडक अबरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य बस्तुको अभाव तथा कालो बजारी हुन सक्ने भएकाले त्यो अवस्था आउन नदिन सडक विभागलाई जसरी भए पनि सडक खुलाउन निर्देशन दिएको उनले बताए । गमगढी नाग्म सडक खण्डको सबै क्षेत्रमा बाटो खुले पनि घुच्ची लेकको सात घुम्तीमा मात्र हिउँ जमेको तथा हिउँ फाल्ने काम भई रहेकाले विहिबार विहान देखि सडक सुचारु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिमपातका कारण सडक अबरुद्ध हुँदा जुम्ला तर्फको भुलभुले लेक र मुगुको गमगढीमा दर्जनौ सवारी साधन रोकिएर बसेका छन्। हिमपातका कारण बाटो अबरुद्ध बने पछि विगत एघार दिन देखि भुलभुलेमा नै बस्नु परेको मुगु देखि नेपालगञ्ज ओहोर दोहोर गर्दै आई रहेका मालबाहक गाडीका चालक सुदिप न्यौपानेले बताए।

प्रकाशित: ९ फाल्गुन २०७४ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App