रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

बुधबार, ०९ फागुन २०७४, १४ : २९ नागरिक

ताप्लेजुङ – दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ। यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो।

नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ। सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए।

मञ्चले गत वर्ष पनि रु ४३ लाख ८४ हजार ५० खर्च गरेको थियो। यसअन्तर्गत ताप्लेजुङ जिल्लामा रेडपाण्डाको वासस्थान एक हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो।

त्यस्तै वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक अध्यापन, वासस्थान पुनःस्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालीम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम गरिएको पनि राईले जानकारी दिए।

यस्तै सन् २०१८ मा भने क्यामेरा ट्रयापिङ सर्वे, छ वटा गाउँपालिका र एक नगरपालिकाका जनप्रतिनिधिसँग पूर्वी नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना विषयक छलफल कार्यक्रम गर्ने, पशुपालकलाई सुधारिएको गोठ तथा घुम्ती प्रणाली चरिचरणबारे तालीम,अल्लो प्रशोधन तथा बुनाइ तालीम, सुधारिएको गोठ स्थापनालगायतका काम गर्ने कार्यतालिका तय गरिएको छ।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad