रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक

बुधबार, ०९ फागुन २०७४, १३ : ०९ एजेन्सी

याङगुन - बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन्।

मङ्गलबार  दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मङ्गलबार म्यानमारको रखाइन राज्यको तुङ पो लेतामा छलफल सुरु भएको हो।

खासगरी केही शरणार्थीहरु बंगलादेश जाने क्रममा र अरु केही रखाइनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन् ।यस विषयमा थप छलफलका लागि मङ्गलबार बंगलादेशका अधिकारीहरु म्यानमार पुगेका हुन् । यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समितिद्वारा प्राप्त समाचारमा जनाइएको छ।

म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए ।
विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको रखाइन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए।

यसरी भागेका शरणार्थीहरु अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।मङ्गलबार सोही राखिन राज्यमा नै यस विषयमा वार्ता भएको छ । उक्त राज्यमा भएको छलफलमा यहाँका उच्च अधिकारीका साथै सीमा क्षेत्रमा रहेका केही सीमा अधिकारीहरुलाई पनि सहभागी गराइएको बताइएको छ।

तर यी दुई देशबीच शरणार्थी फिर्ताका विषयमा सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । दुई देशको विदेश मन्त्रालयका अधिकारीहरुले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।तर व्यक्तिगत रुपमा केही शरणार्थी आफ्नो देश फर्किएको भए पनि त्यस सहमति बमोजिम भने रोहिङ्ग्याहरुलाई फिर्ता गर्ने काम सुरु गरिएको छैन।

गएको अगष्ट २५ देखि ती शरणार्थीहरुले देश छोडेका हुन् । उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भन्दै गत अक्टोबर महिनामा एक समिति नै गठन गरिएको र सोही बमोजिम सहमति पनि भएको हो ।म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई रखाइनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ । विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ।

विश्वभरबाट म्यानमारको शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई महिना अघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो ।रोहिङ्ग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् । तर यस बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ।रासस
 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad