coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फाप्ला क्रिकेट रंगशालाका लागि ५० हजार सहयोग

काठमाडौं– धनगढीमा बनाइने भनिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जापानमा रहेका नेपालीहरूको समूह ओकिनवा–नेपाल फ्रेन्डसिप एसोसिएसनले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

एसोसिएसनका अध्यक्ष सञ्जिव श्रेष्ठले रंगशाला निर्माण अभियान ड्रिम फाप्लाका अध्यक्ष सुवास शाहीलाई रकम हस्तान्तरण गरे । श्रेष्ठले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

ड्रिम फाप्लाका अध्यक्ष शाहीले एसोसिएसनलाई धन्यवाद दिँदै यस्तै सहयोगले समयमै रंगशाला निर्माणको काम सम्पन्न गर्न झक्झकाइरहेको बताए ।

 

प्रकाशित: १ भाद्र २०७३ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App